सोमबार, ०२ कात्तिक २०८३
नेपाली

नेपाल प्रहरीलाई अझ सक्षम र प्रविधियुक्त बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

Main News Image

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहले आगामी दिनमा आउन सक्ने सम्भावित विपद्‌हरूको प्रभावकारी सामना गर्न नेपाल प्रहरीलाई थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले अग्रभागमा खटिएर नागरिकको सेवा गर्ने प्रहरीलाई सबल बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए।

प्रहरी कर्मचारी, तिनका परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको उनले जानकारी दिए।

कर्तव्य पालनाका क्रममा भोटेकोशी(त्रिशूलीको विपद् लगायत विभिन्न समयमा अमरत्व प्राप्त गरेका प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइते तथा अशक्त प्रहरीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

mediabaaji add

सम्बन्धित खबर

कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

काठमाण्डौँ । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले विसं २०८३ मा छ दिन सार्वजनिक बिदा द...

करिब एक महिनामा थपिए ९३ हजार ३ सय ५१ नयाँ मतदाता

काठमाडौँ । कानून संशोधन गरेर सूचीकृत हुन समय तोकिएपछिको करिब एक महिनामा ९३ हजार ३ सय ५१ नयाँ मतदाता थपिएका छन् ।

आयोगले अनलाइनबाटै व्यक्तिगत विवरण भर्ने र त्यसअनुसार नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने...

भीम रावलपछि अशोक राईलाई फकाउँदै प्रचण्ड-माधव

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपासँग पार्टी एकताको प्रस्ताव राखेका छन्। सो प्रस्ताव...

रेशम चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीलाई कैलाली क्षेत्र नं १ बाट उम्मेदवार बन्न माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको...

अवैध खानी–क्रसर बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङ गत सालको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अनुगमन–निरीक्षणका क्रममा पनौती नगरक्षेत्रस्थित रोशी क्षेत्र पुगेका छन् । उनले सो क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका माप...

एमालेले इस्यु कलेक्सन सेन्टर बनाउने

काठमाण्डौँ । एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले पार्टीले इस्यु कलेक्सन सेन्टर बनाउने बताएकी छन् । आइतबार पार्टीले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन पार्टीका सांसदहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । 

...