रवि लामिछानेप्रतिको धारणा सरकारले तत्काल सार्वजनिक गर्नुपर्छ : अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले सुशीला कार्की नेतृत्वको सरकारले रवि लामिछानेप्रतिको धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएका छन् । अर्यालले भने, सुशीला कार्की नेतृत्वको सरकारलाई अरु काम छोडेर रवि लामिछानेको पछि लाग्नुहोस् भनेर हामी भन्दनौँ । तर, उनले प्रधानमन्त्री बन्नुभन्दा पहिला पनि हाम्रो पार्टी सभापतिमाथि अन्याय भएको भनेर भन्नुभएको थियो ।
उनले थपे, तत्कालीन सरकारको प्रतिसोधका कारण उहाँलाई जेलसम्म पुर्याइयो । उहाँ निर्दोश हुनुहुन्छ भनेर ४० लाखको हस्ताक्षर बुझाइसक्दा पनि नागरिक सरकारको अहिलेसम्म कुनै औपचारिक धारणा आएको छैन। उनले जेनजी आन्दोलनपछि पहिलोपटक आफ्नो पार्टीले नयाँ जनादेशमा जानुपर्छ भनेको भन्दै चौथो ठूलो दलको नेतालाई राजनीति प्रतिसोधकै कारण जेलमा राख्न नहुने बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
यस्ता आरोप लगाउँदै रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति शर्माले छाडिन् पार्टी
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन् । पार्टी स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत चलिरहेको आरोप लगाउँदै केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा पुनः बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहीबारबाट प्रारम्भ भएको बैठकम...
चमतीमा रास्वपाको शपथ ग्रहण : सभापति लामिछानेसहितका नेताहरू केन्द्रीय कार्यालयमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोह केहीबेरमा आयोजना हुँदैछ । चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने यस विशेष शपथ ग्रहण समारोहमा सहभागी हुनका लागि रास्वपा सभापति रवि...
शुक्रबार मात्रै ५ राजनीतिक दल दर्ताका लागि निवेदन
काठमाडौँ । निर्वाचन आयोगमा शुक्रबार मात्रै पाँच राजनीतिक दलहरूले दर्ताका लागि निवेदन दिएका छन् । आयोगका अनुसार योगेन्द्र मण्डल, चन्द्रप्रकाश सुवेदी, सविन सिग्देल, रत्नप्रसाद श्रेष्ठ र रियाज अहमद शेषले आ(आफ्ना दल दर्ताक...
एमालेले भन्यो- संसद्मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासकको संकेत
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी नदेखिएको टिप्पणी गरेका छन् । शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जननिर्वाचित संसद्ले बनाएको प्रधानमन्त्रीले संस...



