सरकारका प्रवक्ता भन्छन्_पत्रकार पक्राउबारे प्रहरीले अनुमति लिएको थिएन
काठमाडौँ । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर प्रहरीले पत्रकारहरूलाई पक्राउ गरेको विषयमा सरकारले आफ्नो कुनै संलग्नता नभएको र अनविज्ञता रहेको प्रष्टीकरण दिएको छ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा उक्त घटना सरकारको अनुमति वा निर्देशनमा नभएको दाबी गर्नुभएको छ ।
प्रवक्ता पोखरेलका अनुसार भ्रामक र संवेदनशील सूचना चुहावट भएको विषयमा बुझ्नका लागि प्रहरीले आन्तरिक रूपमा सो कदम चालेको सरकारको बुझाइ रहेको छ। प्रहरीले सञ्चारगृहमा पुगेर पत्रकारहरूमाथि धरपकड गर्न सरकारबाट कुनै अनुमति नलिएको र सरकारका तर्फबाट त्यस्तो कुनै निर्देशन नदिइएको उनले प्रस्ट पारे।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्...


