चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
काठमाण्डौँ । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । बुधबार सरकारको निर्णयबारे जानकारी दिँदै मन्त्री अर्यालले चुनावका क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको बताए।
त्यसैगरी सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ। सरकारले १६औँ योजना कार्यांन्वयन कार्ययोजना पनि स्वीकृत गरेको उनले बताए । सरकारले हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने बीइएम उपाधि ग्रहण गर्न स्विकृति प्रदान पनि गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही
काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घन नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् । उपत्यका...
सक्रिय प्रहरी : चार दिनमा दुई सय २६ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण का...



