सरकारले सात लाख विद्युतीय राहदानी खरिद गर्ने
काठमाडौँ । सरकारले अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरवारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नभएसम्मको अन्तरिम अवधिका लागि सात लाख विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशमार्फत खरिद गर्न राहदानी विभागलाई स्वीकृति दिने निर्णय गरेको हो ।
राहदानीको अभाव बढ्दै गएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगको व्यवस्थापनको सट्टा अन्तरिम अवधिका लागि विद्युतीय राहदानी खरिद तयारी अघि बढाएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
कार्यवाहक राजदूतले भने-नेपाली मूलका व्यक्तिहरुलाई नेपालले पहिचान दिनुपर्छ
न्यूयोर्क । अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखेका छन् । अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल शहरमा एसोसिएसन अफ नेपाली ओ...
घटस्थापनादेखि २ लाख ६२ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ मनाउनका लागि घटस्थापनादेखि आजसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढ्दै गएको छ। काठमाडौं उ...
हुम्लाका हिल्सालगायत उच्च हिमाली क्षेत्रमा हिमपात, चिसो अत्यधिक बढ्यो
हुम्ला । हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा शुक्रबार साँझदेखि लगातार वर्षासँगै हिमपात भइरहेको छ । नाम्खा गाउँपालिका–६ स्थित चीनसँगको सीमावर्ती बजार हिल्सा, न्यालु र नारा लेख लगायतका अग्ला क्षेत्रहरूमा यो वर्षकै पहिलो हिमपात भएको हो ।
हि...
हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना
काठमाडौँ । खोटाङको बालवेशीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौं ल्याइएको छ । विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त दुर्घटनामा १ जना यात्रु घाइते भएका थिए । घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत तत्क...
वैशाख १ गते मात्र फुल्ने फूलबारीमा बिहानैदेखि घुइँचो
काठमाडौँ । सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास गरिने दुर्लभ सुनाखरी फूलको दर्शन गर्न र पूजाअर्चना गर्न आज बिहानैदेखि श्रद्धालुहरूको...
आज विश्व खाद्य दिवस, प्रविधिमार्फत खाद्य सुरक्षा सुनिश्चित गर्न जोड
३० असोज, काठमाडौँ । विश्वभर आज विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाइंदैछ । हरेक वर्ष अक्टोबर १६ मा मनाइने यस दिवसले भोकमरी र कुपोषण अन्त्य गर्दै सबैका लागि पर्याप्त, सुरक्षित र पौष्टिक खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुपर्ने आवश्यकतामा...



