आइतबार, १४ असार २०८३
नेपाली

आइतबारका लागि सारियो प्रतिनिधि सभाको बैठक

Main News Image

प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ । यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष कारणवश उक्त समयमा बैठक बस्न नसक्ने भएपछि बैठक आइतबारका लागि सारिएको हो ।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले अब प्रतिनिधि सभाको बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी नयाँ मिति निर्धारण गरेका हुन् । यसअघि सभामुख डोल प्रसाद अर्यालले रास्वपा महाधिवेशनका कारण बैठक शनिबारका लागि सारेका थिए। तर शनिबार पनि विपक्षी दलका विभिन्न कार्यक्रम हुने भएकोले आइतबारका लागि बैठक बोलाइएको हो ।


mediabaaji add

सम्बन्धित खबर

शोभा पाठक भन्छिन् : मन्त्री बनेका बब्लु गुप्ता पैसाका लागि जे पनि गर्छन्

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तामाथि ‘पैसाका लागि जे पनि गर्ने’ आरोप लागेको छ । सामाजिक सञ्जालमा चर्चित शोभा पाठकले मन्त्री गुप्ताले आफूलाई एक्लै कोठामा राखेर धम्की दिएको बताएकी छन्...

पूर्व सांसद र मन्त्रीहरू यसपटक नेकपाको समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले यसअघि प्रतिनिधि सभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद बनेका, मन्त्री भइसकेका वा राष्ट्रिय सभा सदस्य रहेका नेताहरूलाई यसपटकको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ । पार्टीका मुख्यसचिव गणेशमान पुनका अ...

प्रत्यक्षतर्फको मतगणना आज सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना आज सकिने भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना भने भोलिसम्म सकिने छ । हालसम्म प्रत्यक्षतर्फ १६१ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी चार निर्वाच...

चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी, पुराना रेकर्ड तोडिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पुन: प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरी सानदार जित ह...

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज आइतबार बस्दै छ । बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो। गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

<...

जनता सचेत र जागरूक नभए फेरि सङ्कट आउन सक्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता सचेत र जागरूक नभए देशमा पुनः ठूलो सङ्कट उत्पन्न हुनसक्ने चेतावनी दिएका छन् । आइतबार पोखरामा आयोजित एकता सन्देश सभामा उनले यस्तो...