नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढ्यो !
काठमाडौँ । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अंकले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अंकले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक पाँच दशमलव ४५ अंकले बढेर एक सय ८४ दशमलव ०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ फ्लोट सूचक भने चार दशमलव १३ अंकले बढेर एक सय ५८ दशमलव ५६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड तीन लाख ८९ हजार ७७ कित्ता सेयर रु चार अर्ब ५७ करोड ५० लाख ९४ हजार सात सय २३ मूल्यमा खरिद बिक्री भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७४...
पोखरामा प्रचण्ड–माधवलाई सडकमा सभा नगर्न व्यवसायीको खबरदारी
पोखरा । पोखराका व्यवसायीले सडकमा सभा गर्दा व्यवसायमा असर पर्ने भन्दै विरोध गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी नेकपाले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले विरोध जनाएका हुन् । उनीहरूले &ls...
हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु, तिवारीको शव ल्याउन कठिन
काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथालगायतका हिमाल आरोहणका क्रममा हालसम्म सात जना आरोही र पथप्रदर्शकको ज्यान गएको छ । त्यसमध्ये दुई जना भारतीय आरोही रहेको पर्यटन विभागले जनाएको छ । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई जना भारतीय आरोहीको...
मंगलबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैस...
नेशनल लाईफले दियो पोखरामा अभिकर्ताहरुलाइ १ दिने तालिम
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको छ । कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरु र लुम्ब...
मुलुकको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामै थपियो १ खर्ब ३२ अर्ब
काठमाडौँ । नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु आर्थिक वर्ष २०८२,८३ सुरु हुँदा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा पुस मसान्तसम्ममा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ थप वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो ।...



