निर्वाचनका लागि काठमाडौं छाड्नेहरूको संख्या ८ लाख नाघ्यो
काठमाडौँ । आगामी निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या उल्लेख्य वृद्धि भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मतदान गर्न र घर फर्किन हालसम्म करिब ८ लाख मानिसले उपत्यका छाडिसकेका छन् ।
निर्वाचनको सुरक्षा र व्यवस्थापनका लागि आज राति १२ बजेदेखि उपत्यकाका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । निर्वाचन आयोगले जारी गरेको मापदण्ड अनुसार अत्यावश्यक सेवाका सवारी साधनहरू मात्र चल्न पाउनेछन् भने अन्य निजी र सार्वजनिक सवारी साधन पूर्ण रूपमा बन्द रहनेछन् ।
उपत्यकामा ट्राफिक व्यवस्थापन चुस्त राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सडकमा बाक्लो रूपमा परिचालन गरिएको छ । प्रहरीका अनुसार हालसम्म उपत्यकाको चुनावी माहोल शान्तिपूर्ण रहेको र सुरक्षा कडा पारिएको छ । निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थापन जिल्ला प्रशासन र सुरक्षा निकायको समन्वयमा भइरहेको र ट्राफिकको अवस्था पूर्ण रूपमा दुरुस्त रहेको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
शीतलहरबाट बालबालिका जोगाउन स्थानीय तहका विद्यालयमा जाडो बिदा
महोत्तरी । पुसको पहिलो सातादेखि नै सुरु भएको शीतलहरले महोत्तरीको जनजीवन प्रभावित पारेपछि जिल्लाका सबै स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्। पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आइतबार साँझ सूचना...
विसं ०८३ को पञ्चाङ्ग पनि ०८२ सालकै पद्धतिमा प्रकाशन हुने
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी विसं २०८३ को पञ्चाङ्ग २०८२ सालकै पद्धति र ढाँचा अनुरूप तयार गर्ने निर्णय गरेको छ । पञ्चाङ्गकारहरूको संयुक्त बैठकले विविध प्राविधिक कारणले पञ्चाङ्ग रूजु र छलफ...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमान्डर नियुक्त
काठमाडौँ । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ । सुडान र दक्षिण सुडानबिचमा रहेको अबेई क्षेत्रमा खटिएको राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको उनी फोर्स कमान्डर बनेका...
सहिदको तस्बिरमा मल्यार्पण गरेर जेनजीको माइतीघरमा सामूहिक भाइटीका
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेनजी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ । उनीहरूले दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व,...
भाइटीकाको उत्तम साइत ११:३९ बजे, टीका लगाउँदा को-कता फर्किने ?
काठमाडौँ । यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर...
साँखुस्थित शालीनदीमा स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू
काठमाण्डौँ । आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेला सुरू भएको छ । हरेक वर्ष काठमाडौंको साँखुस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो मेला लाग्ने गर्छ। पहिलो दिन बिहानै शालीनदीमा पूजा तथा स्नान गर्नेको उल्लेख्य उपस्...



