शुक्रबार, १९ भदौ २०८३
नेपाली

निर्वाचनका लागि काठमाडौं छाड्नेहरूको संख्या ८ लाख नाघ्यो

Main News Image

काठमाडौँ । आगामी निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या उल्लेख्य वृद्धि भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मतदान गर्न र घर फर्किन हालसम्म करिब ८ लाख मानिसले उपत्यका छाडिसकेका छन् ।

निर्वाचनको सुरक्षा र व्यवस्थापनका लागि आज राति १२ बजेदेखि उपत्यकाका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । निर्वाचन आयोगले जारी गरेको मापदण्ड अनुसार अत्यावश्यक सेवाका सवारी साधनहरू मात्र चल्न पाउनेछन् भने अन्य निजी र सार्वजनिक सवारी साधन पूर्ण रूपमा बन्द रहनेछन् ।

उपत्यकामा ट्राफिक व्यवस्थापन चुस्त राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सडकमा बाक्लो रूपमा परिचालन गरिएको छ । प्रहरीका अनुसार हालसम्म उपत्यकाको चुनावी माहोल शान्तिपूर्ण रहेको र सुरक्षा कडा पारिएको छ । निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थापन जिल्ला प्रशासन र सुरक्षा निकायको समन्वयमा भइरहेको र ट्राफिकको अवस्था पूर्ण रूपमा दुरुस्त रहेको प्रहरीले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

म्याग्दी, पर्वत र कास्कीको संगमस्थल जलजला क्षेत्रमा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको...

तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको न...

यी हुन् सधैँ जाम हुने दाउन्नेका वैकल्पिक मार्गहरु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ। नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एक...

अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम

सिरहा । सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ । घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो माघ ११ गते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्...

ट्राफिक सप्ताह २०८२ को पूर्वसन्ध्यामा रक्तदान

काठमाडौँ । दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को पूर्व सन्ध्याको अवसरमा सडक दुर्घटना पिडीतको सहयोगार्थका लागी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

रक्तदान कार्यक...

किष्ट अस्पतालमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार

काठमाडौँ । सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनावको अवस्था सिर्जना भएको  छ ।  सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको हो । मृतक...