शुक्रबार, २० कात्तिक २०८३
नेपाली

पुलिस र सीडीओ हातमा छन् भन्ने दम्भ त्याग्नुपर्छ : सभापति लामिछाने

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले मुलुकको नेतृत्वमा पुगिसकेपछि उच्च राजनीतिक चरित्र प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन्। निर्वाचनमार्फत जनताले पार्टीलाई ठूलो जिम्मेवारी सुम्पिएकाले नेता तथा कार्यकर्ताहरू मात्तिन नहुने उनको भनाइ छ।

शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले समाजले निरन्तर रूपमा पार्टी र सरकारका कामकारबाहीको विश्लेषण गरिरहेको बताए। समाजले देखाएको ऐनामा आफ्नो अनुहार सफा देख्नुको साटो ऐना देखाउनेउपर नै जाइलाग्ने प्रवृत्ति राजनीतिक चरित्र हुन नसक्ने उनले स्पष्ट पारे।

जनताले अपेक्षा गरेको उच्च राजनीतिक चरित्र र जिम्मेवारीमा नेतृत्व खरो उत्रनुपर्ने आवश्यकता औंल्याउँदै उनले ठूलो जनमत प्राप्त गरेपछि केही व्यक्तिहरूमा घमण्ड बढेको संकेत गरे।

mediabaaji add

सम्बन्धित खबर

रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुन् । देव्रे खुट्टामा लागेको चोट बढेर संक्रमण भएकाले उनी अस्पतालमा भर्ना भएर उपचाररत रहे...