शनिबार, ०३ असोज २०८३
नेपाली

काठमाडौंमा ग्यासको मूल्य घट्यो, अब प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै

Main News Image

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन ग्यास उद्योग तथा विक्रेतालाई आग्रह गरेको छ । संघले बिहीबार जारी गरेको सूचनामार्फत आगामी असोज २ गते शुक्रबारदेखि लागू हुने गरी निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै ग्यास बिक्री वितरण गर्न आग्रह गरेको हो ।

यसअघि गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको केही खण्ड कटान भएर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्तिमा समस्या भएको थियो । त्यसपछि उपत्यकामा ग्यास बजारीकरण गरिरहेका उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगमा सिलिन्डर भरी वैकल्पिक मार्गबाट ग्यास काठमाडौं ल्याउँदै आएका थिए ।

सडक अवरुद्ध भएपछि संघले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा लाग्ने १ सय ५ रुपैयाँ ३८ पैसा थप गरी अधिकतम २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गर्न आग्रह गरेको थियो ।


mediabaaji add

सम्बन्धित खबर

नेशनल लाईफले दियो कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २...

फेरी सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले ओरालो लागेको सुन आज पनि घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले घट्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुन तोलामा दुई लाख ३९ हजार ९०० रुपैयाँम...

अण्डाको मूल्य बढ्यो, किसानले अझै पाएनन् लागत मूल्य

काठमाण्डौँ । बर्डफ्लुको प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्छ ।

संघका अनुसार आजबाट लागू हुनेगरी ठ...

तम्घास-बुर्तिबाङ १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु

काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभ...

प्रधानमन्त्रीको चासोपछि बन्द भएका चिया उद्योग पुनः सञ्चालन

काठमाडौँ । भारतले चिया निर्यातमा गरेको कडाइका कारण विगत केही दिनदेखि बन्द रहेका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् । सरकारले उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गर्ने आश्वासन दिएपछि असार १ र ४ गतेदेखि बन्द भएका उद्योगह...

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

गत आर्थिक वर्ष २०८१र८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ। 

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६०...