मङ्गलबार, २७ असोज २०८३
नेपाली

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Main News Image

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा २ हजार ९ सय १५ रुपैयाँ कायम भएको हो । 

mediabaaji add

सम्बन्धित खबर

चीनले डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ कार्ययोजना सुरु गर्ने

काठमाडौँ । चीनले जनवरी १ देखि आफ्नो डिजिटल मुद्राको व्यवस्थापन र सञ्चालनलाई सुदृढ बनाउन नयाँ ‘कार्ययोजना’ सुरु गर्ने घोषणा गरेको छ । देशको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना पिबिओसीका डेपुटी गभर्नर लु लेइले सोमबार यो जानकारी दिएका हुन् । केन्द्र...

घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज १० ग्राम सुनको मूल्य दुई लाख ५८ हजार ४९०...

अमेरिका-इरान युद्धविरामको प्रभाव : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट

न्यूयोर्क । अमेरिका र इरानबीच दुई हप्ता लामो युद्धविरामको घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ । विगत पाँच हप्तादेखि जारी युद्धका कारण आकासिएको तेलको मूल्यमा बुधबार करिब १५ प्रतिशतसम्मको गिरावट देखिएको हो । यु...

बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ६१...

काठमाडौं हिँडेका मिटरब्याजपीडित निजगढमै रोकिए, सहमति जुटाउने प्रयास जारी

बारा । मिटरब्याजविरुद्ध किसान, मजदुर आन्दोलन नेपालले जनकपुरधामको तिरहुतिया गाछीबाट सुरु गरेको तेस्रो चरणको पैदल मार्च आज आठौं दिनमा प्रवेश गरेको छ। काठमाडौंका लागि हिँडेका आन्दोलनकारीहरू यात्राको पाँचौँ दिन बाराको निजगढ आइपुगेपछि भने अगाडि बढेका छ...

डलर र युरोको भाउमा उतारचढाव : यस्तो छ बुधबारका विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम भएको छ...