सुन र चाँदीको मूल्य घट्यो, तोलाको कति ?
काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४५ सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४५ सय रुपैयाँले घटेर दुई लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज सुनको मूल्य प्रतितोला ४५ सय रुपैयाँले घटेको हो । यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला ४२ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७...
नेप्सेमा ४७.५५ अंकको वृद्धि, हाइड्रोपावर कम्पनीहरुको सर्वाधिक कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड १३ लाखको सेयर कारोबार भएको छ । आज २३८ कम्पनीको सेयर मू...
हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु, तिवारीको शव ल्याउन कठिन
काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथालगायतका हिमाल आरोहणका क्रममा हालसम्म सात जना आरोही र पथप्रदर्शकको ज्यान गएको छ । त्यसमध्ये दुई जना भारतीय आरोही रहेको पर्यटन विभागले जनाएको छ । सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई जना भारतीय आरोहीको...



