मङ्गलबार, ०३ कात्तिक २०८३
नेपाली

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

Main News Image

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा ३ हजार १ सय ३५ रुपैयाँ कायम भएको हो ।

 

mediabaaji add

सम्बन्धित खबर

बाढी प्रभावितलाई ग्यास उद्योग संघले एक हजार २५० सिलिन्डर निःशुल्क दिने

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहतस्वरूप १ हजार २ सय ५० भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ । संघले बाढीबाट अत्यन्त प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्...

साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको ह...

आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम, मुद्रास्फीतिमा भने सुधार

काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम अर्थात् ३.५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले सुरुमा ६ प्रतिशतको वृद्धिदर हुने अनुमान गरे पनि अहिले त्...

साताको पहिलो कारोबारमै सेयरबजारमा गिरावट, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्सेका अनुसार परिसूचक १.२० अंकले घटेर २,६८४.३३ विन्दुमा कायम भएको हो । आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको सूचक बढ्दा ५ उपसमूहको सूच...

सुनको मूल्य बढ्यो, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ८५ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । १० ग्राम सुनको मूल्य आज दुई लाख ४४ हजार ८५५ रुपै...

आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद...