सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य १ हजार ६ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार भने सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
उता चाँदीको मूल्य पनि आज १४० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७३० रुपैयाँ कायम भएको चाँदीको भाउ आज ४ हजार ५९० रुपैयाँ कायम भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सम्पत्ति शुद्धीकरण मुद्दामा बमजनले पाए सफाइ
काठमाडौँ । जिल्ला अदालत सर्लाहीले लिटिल बुद्ध भनिने रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा सफाइ दिएको छ । न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले वैशाख ८ गते उक्त मुद्दामा अभियोग दाबी नपुग्ने फैसला गर्दै बमजनलाई दोषमुक्त ठहर गरेको हो ।
बागलुङमा यस वर्ष २६ करोड ९० लाख बराबरको सुन्तला बिक्री
ढोरपाटन । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो । गतवर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको समस्या नहुँदा उत्पादन वृद्धि भ...
मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको काम अन्तिम चरणमा
काठमाडौँ । मुग्लिन–पोखरा सडक आयोजनाको जामुने–पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ। विद्युत् पोल सार्ने, मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्त गर्ने र दमौली डिभिजन कार्यालय स्थानान्तरण गर्ने समस्या समाधान भएप...
चुनावमा कति गरे बालेनले खर्च ?
सुरुङ्गा । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वालेन्द्र साह बालेनले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार बालेनले निर्वाचन अभ...
कालिका लघुवित्तको १२ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १२ हजार १८४ कित्ता संस्थापक बिक्रीमा राखेको हो । उक्त शेयर खरिदका गर्ने चाहाने जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्ने...
खुल्यो धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट सात दिनभित्र व्यक्तिगत विवरण बायोडाटा पेश गर्न आह्वान गरेको हो । सूचनाअनुसार इच्छुक उम्मेद्वारहरूले सूच...



