घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढेको सुन आज भने तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन
काठमाडौँ । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको सूचनापछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि ग्यास डिपो तथा बिक्री क...



