घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज १० ग्राम सुनको मूल्य दुई लाख ५८ हजार ४९० रुपैयाँमा किनबेच भइरहेको हो ।
यता, चाँदीको मूल्य तोेलामा २५ रुपैयाँले बढेर प्रतितोला चार हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
डलर र युरोको भाउमा उतारचढाव : यस्तो छ बुधबारका विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम भएको छ...



