सूनको मूल्य दिनानुदिन उकालो लाग्दै, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ८१ हजार ७ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि आइतबार प्रतितोला तीन लाख २० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार एकैपटक ८ हजार १ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ तथा प्रतिदश ग्राम ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ थियो । सार्वजनिक बिदा परेकाले सोमबार भने सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्यमा परिवर्तन देखिएको महासंघले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्यमा भारी गिरावट : एकैदिन ३८ सयले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै छापावाल सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।...
चुनावी परिणामलाई नेप्सेको स्वागत, छ प्रतिशत वृद्धिसँगै कारोबार बन्द
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ४३ को बिन्दुमा कायम भएको छ । यो छ प्रतिशतको वृद्धि हो । प्रतिनिधिसभ...
अर्थमन्त्रीलाई प्रश्नः आम्दानीको स्रोत के देख्नुभयो र कर्मचारीको तलब बढाउन लाग्नुभएको ?
रुषा थापा__________________
काठमाण्डौँ । सहकारी, लघुवित्त, फाइनान्स टाट पल्टिएको पाँच वर्ष बढी बितेको छ । अहिले त बैंकमा पनि संकट देखिन थालिसक्यो । मुलुकमा आर्थिक मन्दी छाएको पनि उत्तिकै समय भएको छ । यसबीचमा शेरबहादुर देउवादेखि...
होर्मुज खुल्ने संकेतले घट्यो कच्चा तेलको मूल्य, अमेरिकी सेयर बजारमा नयाँ रेकर्ड
काठमाडौँ । इरान र ओमानबिच होर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत पुनः सञ्चालन गर्ने विषयमा भइरहेको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढेको संकेत मिलेको छ ।
दुवै पक्षका प्रतिनिधिहरूले सहमतिको सम्भावना देखाएपछि मध्यपूर्वमा...
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रु...
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, बहराइन दिनार महँगियो
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि...



