पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले समायोजन गरेको पेट्रोल, डिजेल र मट्टीतेलको नयाँ मूल्य अनुसार आजदेखि पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले बढेको छ ।
निगमका अनुसार भारतबाट पेट्रोलमा २.५४ रुपैयाँ र डिजेलमा ६.५३ रुपैयाँ मूल्य वृद्धि भएर आएको हुँदा त्यस अनुसार आन्तरिक मूल्य बढाइएको हो । मूल्य परिवर्तन पछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल,मट्टीतेल प्रतिलिटर १४७ रुपैयाँ पुगेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्सेमा ७.०१ अंकको गिरावट, ६ अर्ब ४० करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ७.०१ अंकले घटेर २६३३.५३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको १ करोड २१ लाख ६३ हजार ७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड २३ लाखको सेयर कारोबार भएको छ । आज ६७ कम्पनीको सेयर मूल्य...
विहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९४ प...
घट्यो हवाई भाडा !
काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि न्यूनतम भाडा घटाएको छ । नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको असर हवाई भाडामा देखिएको हो । यसअघि प्र...
सुन र चाँदीको मूल्य घट्यो, तोलाको कति ?
काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४५ सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४...
देशभर ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा प्रगति सुस्त
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३,८४ मा देशभर हालसम्म ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार, आषाढ ३२ गतेसम्म कुल १३ लाख ६६ हजार ५६२ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये ८ लाख ४२ हजार ६८...
एलपी ग्यास अभावको हल्ला निराधार : प्रबन्ध निर्देशक भट्ट
काठमाडौं। एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले बताएका छन् । पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न भन्दै उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छ...



