बुधबार, ०७ असोज २०८३
नेपाली

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

Main News Image

काठमाडौँ ।  संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ ७ बजे अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री शाहको न्युयोर्क प्रस्थानसँगै उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

सहकारी ठगका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेन्जी मुभमेन्ट

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ । जेनजी मुभमेन्टले विद्रोहला...

प्रधानमन्त्री बालेनले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र बालेन शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको सो छलफल सङ्घ प्रदेश सरकारसँग सम्बन्धित विविध महत्त्वपूर्ण र गहन विषयमा ह...

फरार अभियुक्त पासाङ शेर्पाको संरक्षणले एमाले गम्भीर संकटमा

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पामाथि बहुविवाह, मानव तस्करी, ठगी र चेक बाउन्सजस्ता गम्भीर आपराधिक मुद्दा विचाराधीन अवस्थामा रहेका छन् । अदालतले बहुविवाह प्रकरणमा उनलाई एक वर्ष कैद र पाँच हजार रुपैया...

बालुवाटारमा बालेनसँग रविको ४५ मिनेट

काठमाडौँ । सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री वालेन्द्र शाह बालेन र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट भेटवार्ता भएको छ । प्रधानमन्त्री बालेनलाई भेट्न लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए।...

ईश्वर पोखरेलको फरक दस्ताबेज प्रतिनिधिलाई बाँड्न दिइने

काठमाडौँ । एमालेको भावी अध्यक्ष पदका लागि लड्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणा पत्र महाधिवेशनका प्रतिनिधिहरुलाई वितरण गर्न दिने सहमति बनेको छ । च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलको फरक दस्ताबेज...

खण्डहर बनाइएको घर हेर्न पुगेका केपीले भने : अपराधिको संरक्षक गृहमन्त्री हुन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज भक्तपुरको बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गर्न पुगेका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएर खण्डहर बनेको घर हेर्न उनी बुधबार बालकोट पुगेका हुन्। सुरुमा गेटबाटै...