बुधबार, ०४ कात्तिक २०८३
नेपाली

भोटेकोशीमा ठुलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाको स्पष्टोक्ति

Main News Image

काठमाडौँ  । भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचनापछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकहरूका लागि राहतको खबर आएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठुलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ ।

महाशाखाले आज बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त पछिल्लो जानकारीका आधारमा सो क्षेत्रमा तत्काल ठुलो बाढीको खतरा नरहेको जानकारी दिएको हो ।

महाशाखाका अनुसार भोटेकोशी नदीमा बहाव बढेको सूचना आएपछि गरिएको पछिल्लो अनुगमनमा नुवाकोट क्षेत्रमा पानीको सतह केही बढेको देखिए पनि त्यो ठुलो भने नरहेको पाइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

बिहीबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ ।

मौसम पूर्व...

आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौँ । आज राति देशभर साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोसी र गण्डकी प्रदेशक...

अविरल वर्षाले सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए

इनरूवा ।  बुधबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । शनिबार बिहान ६ बजेको मापन अनुसार नदीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ। जल...

बढ्यो तापक्रम, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्रीभन्दा माथि

काठमाडौँ । उपत्यकाको तापक्रम दिनदिनै बढिरहेको छ ।  यस क्रममा आज काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम...

आज पाँच जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज असार १८ गते पाँच जिल्लामा बाढीको जोमिख रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । आज कञ्चनपुर, कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने स–...