दाउन्ने खण्डको सडक निर्माण अन्तिम चरणमा
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आयोजनाले यस खण्डमा गरिएको कंक्रिट ढलान कम्तीमा ३० वर्षसम्म टिक्ने दाबी गरेको छ। सडक विभागअन्तर्गत आयोजना निर्देशनालय एडीबी का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक बनावट, पहिरोको जोखिम र बढ्दो सवारी चापलाई ध्यानमा राख्दै कालोपत्रेको सट्टा कंक्रिट ढलान प्रविधि अपनाइएको हो ।
उनले सडकको निर्माण डिजाइनअनुसार गरिएको र भार नियन्त्रणलगायतका मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन भए ढलानको आयु ४० वर्षसम्म पुग्न सक्ने बताए । यसबाट दाउन्ने सडकखण्डमा वर्षौंदेखि यात्रुले भोग्दै आएको सास्ती अन्त्य हुने विश्वास उनले व्यक्त गरे।
ढकालका अनुसार सडकको भारवहन क्षमता एकल चक्कामा १० टनसम्म निर्धारण गरिएको छ । आगामी २० देखि ३० वर्षसम्मको सवारी चापलाई आधार मानेर सडकको डिजाइन गरिएको र दैनिक १२ हजारदेखि २० हजारसम्म सवारीसाधन सञ्चालन हुँदा पनि सडकको संरचनामा असर नपर्ने गरी निर्माण गरिएको उनले बताए।
एक्सप्रेस
सम्बन्धित खबर
यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्...
युद्धग्रस्त मध्यपूर्वमा नेपाली श्रमिक जाने क्रम रोकिएन, फागुन महिनामै बाहिरिए ५२ हजार बढी
काठमाडौँ । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच सरकारले केही देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति स्थगन गरेको भए पनि फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा कुल ५२ हजार ९ सय ४४ जनाले श्रम स्व...
चैत १९ गतेदेखि २९ सम्म एसईई परीक्षा हुने
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो । चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा स...
सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना
काठमाडौँ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहन...
उदयपुरमा जङ्गली हात्तीको उपद्रो, स्थानीयवासी रातभर जाग्राम
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेकाले स्थानीयवा...
भरतपुरमा ८८ किलोमिटरभन्दा लामो चक्रपथ निर्माण, मेयर–उपमेयरले गरे उद्घाटन
काठमाण्डौँ । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे एनएच–७७ आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो...


