डलरको बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा, खाडी मुलुकका मुद्राको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा कायम भएको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा पुगेको छ। स्वीस फ्रयांक एकको खरिददर १९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । अन्य प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आईपीओ निष्काशन गर्ने तयारीमा ह्याम्स अस्पताल
काठमाडौँ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड ह्याम्स अस्पतालले आईपीओ निष्काशनको प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ । अस्पतालको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले यही साउन २९ गते शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्...
खाना पकाउने ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने, सञ्चय नगर्न मन्त्रालयको आग्रह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धा...
अबदेखि वायुसेवा निगमको जहाज डाइभर्ट हुँदा भैरहवा अवतरण गर्ने
काठमाडौँ । नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसकेको अवस्थामा अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने भएको छ । हाल भारतको विमानस्थललाई आधार गरी डाइभर्ट...
सुनको मूल्यमा भारी गिरावट : एकैदिन ३८ सयले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै छापावाल सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।...
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
गोरखा । नेपाली सेना र गोरखा सडक योजनाले संयुक्त रूपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरु गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग बगाएको थियो । दसैँका बेला नै अस्थायी यातायात सेवा सुचारु गर्न...
विश्व बैंकले नेपालको डिजिटल रूपान्तरणका लागि ५० मिलियन डलर दिने
काठमाडौँ । विश्व बैंकले नेपालको डिजिटल रूपान्तरणका लागि ५० मिलियन डलर दिने भएको छ । हालै वासिङ्टनमा बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ अन्तर्गत उक्त सहयोग नेपाललाई दिन...



