गर्भवतीको मृत्युपछि किस्ट अस्पतालको अवस्था तनावग्रस्त
काठमाडौँ । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ। उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो। अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइते समेत भएका छन् ।
अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्। प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला भएका छन्।
गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो। अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ। अस्पताल बन्द गर्नुपर्ने, मीनालाई न्याय दिनुपर्ने लगायतका माग राख्दै उनीहरू ढुंगा बोकेर अस्पतालमा आक्रमण गर्न पुगेका थिए भने प्रहरीलाई भिड नियन्त्रण गर्न समस्या परेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आत्मदाहको प्रयास गरेका तेस्रो व्यक्ति विवेक मण्डलको पनि मृत्यु
काठमाडौँ । सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ । असार २५ गते आत्मदाहको प्रयास गरेका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राति दुई बजे निधन भएको हो । उनलाई शुक्रबार सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । सर्...
दार्चुला-भारत सिमानामा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । दार्चुलाको तवाघाट क्षेत्रमा बिहीबार राति १०ः४० बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दार्चुला–भारत सिमानाको आसपास केन्द्रित रहेको थियो । हालसम्...
नारायणहिटी हत्याकाण्डको २५ वर्ष, इतिहासकै त्यो रहस्यमय दिन
काठमाडौँ । नेपालको इतिहासकै सबैभन्दा कहालीलाग्दो र रहस्यमय घटनाका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहसहित उनको सम्पूर्ण परिवारको हत्या भएको यस ऐतिहासिक दिनको सम्झनामा आज देशका वि...
पर्यटकले गुल्जार गाभर भ्याली, जहाँ नजिकै देख्न पाइन्छ बाघ
काठमाडौँ । बाघ, हात्ती र चितुवा लगायतका बन्यजन्तु सजिलै हेर्न सकिने भएकाले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक होमस्टे आन्तरिक पर्यटकले गुल्जार बनेको छ । दसैँ तिहार जस्ता मुख्य चाडपर्व सकिएसँगै गाभर भ्...
साउने सोमबारका लागि पशुपतिमा सरसफाइ अभियान
काठमाडौँ । पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सफाइ अभियान सञ्चालन गरिएको हो ।
सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन...
विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागि प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको अनुगमन
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाका साथै, तिहारका विशेष दिनहरुमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका छन् । सोमबार साँझ नेपाल व...



