मङ्गलबार, २६ साउन २०८३
नेपाली

सेयर बजार २६५० अंकमा झर्‍यो, कारोबार ३ अर्ब ७७ करोडमा सीमित

Main News Image

काठमाडौँ । शुक्रबार नेप्से परिसूचक ४.०५ अंकले घटेर २६५० अंकमा पुगेको छ । बजार दिनभर राताम्मे रहँदा कारोबार रकम पनि घटेर ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भयो । अघिल्लो दिन ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज ८६ कम्पनीको मूल्य बढ्दा १८४ कम्पनीको घट्यो र ६ कम्पनीको मूल्य स्थिर रह्यो । बैंकिङ, फाइनान्स, बीमा, होटल तथा जलविद्युत् समूहमा सामान्य गिरावट देखिएको छ भने उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र व्यापार समूहमा हल्का वृद्धि भएको छ । सबैभन्दा धेरै १ अर्ब ९९ करोड रुपैयाँको कारोबार हाइड्रोपावर समूहमा भयो । कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर, रिडी पावर, सानिमा बैंक, खानीखोला हाइड्रोपावर र आँखुखोला जलविद्युत् अगाडि रहे ।


mediabaaji add

सम्बन्धित खबर

एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु...

बिहीबार सेयर बजार हरियो, अधिकांश कम्पनीको मूल्य बढ्दा ४ अर्ब ६९ करोडको कारोबार

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६.७२ बिन्दुमा पुगेको छ । यस दिन ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारमा १५३ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ भने १२ कम्...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर...

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन...

शिक्षा मन्त्रालयले भन्यो : जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकी एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने निर्णय कानुन र नियम विपरीत नभएको स्पष्ट पारेको छ । चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति ‘मेरिट’ र का...