काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै, अनावश्यक सञ्चय नगर्न निगमको आग्रह
काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति क्रमिक रूपमा सहज बन्दै गएको स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी मात्रामा सिलिण्डर आपूर्ति भइरहेकाले केही दिनभित्रै बजारको सम्पूर्ण अवस्था पूर्णतया सामान्य हुने निगमले जनाएको छ ।
निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिण्डर ग्यासको माग रहने गरेको छ। तर, हाल मागभन्दा पाँच हजारदेखि आठ हजार सिलिण्डर बढी आपूर्ति भइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि एक अर्बले घट्यो
काठमाण्डौँ । सोमबार नेप्से परिसूचक २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ३.२३ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंकले घटेको छ ।
सोमबार कारोबार रकम पनि शुक्रबारको तुलनामा एक अर्बभन्दा बढी रकमल...
नेप्सेमा ७.०१ अंकको गिरावट, ६ अर्ब ४० करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ७.०१ अंकले घटेर २६३३.५३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको १ करोड २१ लाख ६३ हजार ७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड २३ लाखको सेयर कारोबार भएको छ । आज ६७ कम्पनीको सेयर मूल्य...
सुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोला...
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १३५...
घट्यो हवाई भाडा !
काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि न्यूनतम भाडा घटाएको छ । नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको असर हवाई भाडामा देखिएको हो । यसअघि प्र...



