आइतबार, ०७ भदौ २०८३
नेपाली

बढ्यो तापक्रम, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्रीभन्दा माथि

Main News Image

काठमाडौँ । उपत्यकाको तापक्रम दिनदिनै बढिरहेको छ ।  यस क्रममा आज काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम १६.४ डिग्री सेल्सियस छ । 

हिजो उक्त समय काठमाडौँको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे १२.९ डिग्री सेल्सियस कायम भएको थियो ।  आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ । त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ सुरुवातकै कायम रहन पनि सक्छ । मौसमविद्का अनुसार हिउँद सकिएर प्रिमनसुन लागेयता काठमाडौँमा मात्र होइन, देशभर नै तापक्रम बढ्दो छ । अंग्रेजी महिना मार्च १ देखि नेपालमा प्रिमनसुन सिजन लागेको छ । 

mediabaaji add

सम्बन्धित खबर

कतारमा भएको विस्फोटमा नेपाली घाइते

काठमाडौँ । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको भीषण विस्फोटमा परी नेपाली नागरिक पनि घाइते भएका छन् ।  उक्त घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । टाइम्स अफ इन्डियाका अनुसार ज्यान गुमाउनेहरूमध्ये १२ जना भारती...

सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

सर्लाही । सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका १३ स्थित बाके(संग्रामपुर सडकखण्ड अन्तर्गत ठिल्ला नजिक बुधबार साँझ तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृ...

कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना : देशभर बदली र हावाहुरीको चेतावनी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरको मौसममा उल्लेख्य बदलाव आएको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी,...

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को पूरक ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार पूरक परीक्षाका लागि आवेदन दिएका एक लाख ४६ हजार ५०७ परीक्षार्थीमध्ये एक लाख २९ हजार ११४ जना परीक्षामा सहभा...

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–१  याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१  याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पू...

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका...