शनिबार, १७ असोज २०८३
नेपाली

उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्वकपबाट बाहिरिए

Main News Image

काठमाडौँ ।  विश्वकप २०२६ को जारी संस्करण युरोपेली फुटबलका लागि निकै पीडादायी बनेको छ । उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्वकपबाट बाहिरिएका छन् । यसले विश्व फुटबलमा नयाँ शक्तिको उदय र परम्परागत शक्तिहरूको स्खलनलाई स्पष्ट पारेको छ ।

केही घण्टाअघि मात्रै सम्पन्न खेलमा चार पटकको विश्व विजेता जर्मनी, पराग्वेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। आक्रामक फुटबलका लागि परिचित जर्मनीले पराग्वेको संगठित रक्षापंक्तिलाई तोड्न नसक्दा नतिजा सुम्पिनु पर्‍यो । समूह चरणदेखि नै लयमा देखिएको जर्मनीको यो हारलाई जारी विश्वकपको सबैभन्दा ठूलो उलटफेरका रूपमा हेरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ । नेपालले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो ।

जारी प्रतियोगिता...

एक्सनमा उत्रियो इजिप्ट, अर्जेन्टिना विरुद्धको खेलका रेफ्रीलाई विश्वकपबाट हटाउन माग !

काठमाण्डौँ । विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनासँग ३-२ ले पराजित भएपछि इजिप्ट फुटबल संघ आक्रामक रूपमा एक्सनमा उत्रिएको छ ।

मैदानभित्रको नतिजालाई भिडियो असिस्टेन्ट रेफ्री भीएआरको विवादास्पद निर्णयले उल्ट्याएको भन्दै...

रोमाञ्चक पुनरागमनसँगै इजिप्टलाई हराएर साविक विजेता अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । साविक विजेता अर्जेन्टिना संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजित ‘फिफा विश्वकप(२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टास्थित मर्सिडिज(बेन्ज स्टेडियममा नेपाली समयअनुसार असार २४ गते भएक...

भलिबलको एउटै टिममा एकै घरका ४ सदस्य

काठमाण्डौँ । म्याग्दीको धवलागिरि गाउँपालिका ३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन्। बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय न...

एनपीएलः आज कर्णाली र काठमाडौं भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।

एनपीएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व...