अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, अन्य प्रमुख विदेशी मुद्राको मूल्य पनि बढ्यो !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ २ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३४ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३७ पैसा र बिक्रीदर ११० रुपैयाँ ८० पैसा निर्धारण भएको छ। सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४७ पैसा र बिक्रीदर १२० रुपैयाँ ९४ पैसा छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा कायम भएको छ। त्यस्तै, साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा तोकिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
रिचेत हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ नियुक्त
काठमाडौँ । अपर रिचेत हाइड्रोपावर प्रालिले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आनन्द प्रधान र...
शेयर बजारमा सामान्य सुधार, किन उतार चढाब हुँदैछ ?
काठमाडौँ । लगातार चौथो दिनको गिरावटमा ब्रेक लागेको छ । बजारमा आज सामान्य सुधार आएको हो । बजार आज झिनो अकंले बढेपनि लगानीकर्तामा उत्साहको वातावरण छैन । बजार सुस्त हुँदा लगानीकर्ताले आफ्नो लगानी ‘बालुवामा पानीझैँ’ हराइरहेको अनुभूति गर्न थालेका छन् ।...
विदेशी मुद्राको नयाँ विनिमयदर तोकियो, अमेरिकी डलर र पाउण्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी युरोपियन युरो...
एनआरएनएले ट्राफिक कन्ट्रोल रुम निर्माणपछि करिब तीन करोडको मेसिन खरिद गरिदिने
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तिब्रता दिएको छ ।
देशका सबै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने क...
पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजलरमट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पा...
हेटौँडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिने : मन्त्री गौरी कुमारी
हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग सञ्चालन गरिने बताएकी छन् । मन्त्री यादवले कानुनी प्रक्रिया मिलाएर...



