अमेरिकाले अरब सागरमा खसाल्यो इरानी ड्रोन
काठमाण्डौँ । अमेरिकाले मंगलबार अरब सागरमा एउटा इरानी ड्रोन खसालेको छ । रोयटर्सका अनुसार, इरानको साहेद १३९ नामको ड्रोन अमेरिकी नौसेनाको यूएसएस अब्राहम लिंकन विमानवाहक जहाजको नजिक पुगेको थियो । यूएसएस अब्राहम लिंकन अमेरिकी नौसेनाको आणविक शक्तिले चल्ने विमानवाहक जहाज हो। यसलाई विश्वको सबैभन्दा ठुलो र शक्तिशाली युद्धपोतमध्ये एक मानिन्छ ।
अमेरिकी केन्द्रीय कमान्डले जारी गरेको विज्ञप्तिअनुसार, अमेरिकी नौसेनाले आत्मरक्षामा एफ ३५सी लडाकु जेटका साथ इरानी ड्रोन खसालेको हो । अमेरिकी केन्द्रीय कमान्डले यसलाई इरानको ‘आक्रामक’ व्यवहार भनेको छ। ड्रोन केका लागि तैनाथ गरिएको थियो भन्ने कुरा स्पष्ट भइसकेको छैन ।
एक्सप्रेस
सम्बन्धित खबर
ड्रोन र मिसाइलको अवशेष खस्दा आबुधाबीमा ७ नेपाली घाइते
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबीस्थित एजबान क्षेत्रमा हवाई रक्षा प्रणालीद्वारा मिसाइल तथा ड्रोन सफलतापूर्वक अवरोध गरिएपछि खसेको भग्नावशेषका कारण १२ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार घाइतेमध्ये ७ जना नेपाली र ५ जना भारतीय नागरि...
इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार
काठमाडौँ । मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आकाशमै निष्क्रिय पारिएको इजरायलले जनाएको छ । दक्षिणी इजरायलका दुई शहरमा इरानी आक्रमणबाट कम्तीमा १७५ जन...
इरानमाथि अमेरिकी दबाब बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट !
काठमाण्डौँ । इरानमाथि अमेरिकी आर्थिक दबाब थप कडा हुने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेल बजारमा गिरावट देखिएको हो । अन्तर्राष्ट्रिय...
जापानको कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शत्तिशाली भूकम्प, मृतकको संख्या १३ पुग्यो
काठमाण्डौँ । जापानको कुमामोतो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री साने ताकाइचीले बुधबार भूकम्पबाट व्यापक क्षति भएको जानकारी दिँदै उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएकी...
इरानसँगको युद्धविराम अवधि लम्बाउन ट्रम्प बाध्य
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमा युद्धविराम अवधि लम्ब्याउन बाध्य भएका छन् । मार्च ७ मा १४ दिनका लागि भएको युद्धविराम अवधि बुधबारदेखि समाप्त हुँदै थियो । युद्धविराम अवधि समाप्त हुन केही घन्टा बाँकी हुँदा ट्रम्पले यसको अवधि अनिश्च...
कोलम्बियामा शक्तिशाली भूकम्पमा मृतकको संख्या २४० नाघ्न सक्ने, उद्धारकार्य जारी
काठमाण्डौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि खोज तथा उद्धार कार्य अझै जारी छ । भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्मीहरू दिनरात परिचालन भइरहेका छन् ।
गत सोमबार बिहान ७ः३४ बजे पश्चिमी कोलम्बियाम...



