मङ्गलबार, ०३ कात्तिक २०८३
नेपाली

जेनजी प्रदर्शनमा बल प्रयोग : बयानका लागि तत्कालीन गृहमन्त्री लेखकलाई पत्राचार

Main News Image

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ । प्रशासनिक र सुरक्षा नेतृत्वसँग बयान सकिएपछि आयोगले राजनीतिक तहको बयान प्रक्रिया सुरु गरेको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई आयोगमा उपस्थित हुन पत्र पठाइएको छ। पत्रमा सात दिनभित्र आयोगमा आएर बयान दिन भनिएको छ ।

प्रवक्ता शर्माले आन्दोलनका समयमा प्रशासन र सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान सकिएपछि राजनीतिक नेतृत्वसँग सोधपुछ सुरु गरिएको जानकारी दिए । सोही क्रममा तत्कालीन गृहमन्त्री लेखकलाई पहिलो चरणमा पत्र पठाइएको हो । आयोगका अनुसार तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी भइरहेको छ ।

सरकारले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगलाई सुरुमा तीन महिनाको म्याद दिइएकोमा पछिल्लो पटक सरकारले एक महिना थप गरेको छ । कार्की नेतृत्वको आयोगले तोकिएको समयभित्र तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखकसहित केही राजनीतिक व्यक्तिको बयान लिन बाँकी रहेको जनाएको छ । यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले भने गृहमन्त्री लेखकसँग सोधपुछ सकेर सुरक्षा परिषद्का सदस्य रहेका तत्कालीन मन्त्रीहरूसँग बयान लिन सुरु गरेको छ ।

mediabaaji add

सम्बन्धित खबर

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ गते बस्ने

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी साउन १३ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टीको आन्तरिक सुदृढीकरण र आगामी रणनीति तय गर्न उक्त बैठक बस्न लागेको हो ।

पार्टी महामन्त्री विपिनकुमार आचार्यले दिएको ज...

योगेश भट्टराईको ६ शब्दको स्ट्याटसले एमालेमा तरंग

काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले मंगलबार साँझ सूर्यास्तलाई पृष्ठभूमिमा राखेर तस्बिर सेयर गर्दै लेखे– ‘मित्रहरू घाम अस्ताएको हो, जीवन होइन ।’ भट्टराईले लेखेको यो छोटो स्ट्याटसले यतिबेला एमाले कार्यकर्तामा तरंग सिर्जना...

प्रतिनिधिसभा बैठक बस्दै : चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्री...

चितवनको निलो क्रान्ति फैलिएर देशको पहिलो पार्टी बन्दै छ : रवि लामिछाने

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले चितवनबाट सुरु भएको निलो क्रान्ति अहिले देशभर फैलिएर पहिलो पार्टी बन्न लागेको बताएका छन् । मंगलबार चितवन १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले चितवन धेरै हि...

सांसदको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ : कविन्द्र बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन् । पार्टीका सांसदहरूको लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, सांसदको शपथप...

दुवै निर्वाचनमा भाग लिने नेपाली कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनसम्बन्धी कुनै निर्णय बिना सकिएको छ । शनिबार सानेपामा बसेको बैठकले महाधिवेशनबारे छलफल गरे पनि निष्कर्ष निकाल्न सकेन । बैठकले २१ फागुनमा निर्धारित प्रतिनिधि...