आइतबार, २५ असोज २०८३
नेपाली

मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको काम अन्तिम चरणमा

Main News Image

काठमाडौँ । मुग्लिन–पोखरा सडक आयोजनाको जामुने–पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ। विद्युत् पोल सार्ने, मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्त गर्ने र दमौली डिभिजन कार्यालय स्थानान्तरण गर्ने समस्या समाधान भएपछि निर्माणले गति लिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

३८.४१ किलोमिटर लामो पश्चिम खण्डमा मुख्य चार लेन सडक र पुललगायतका प्रमुख संरचनाको निर्माण सकिएको र कुल ३८ किलोमिटर सर्भिस लेनमध्ये करिब ३२ किलोमिटर बनेको छ। त्यस्तै फुटपाथ र बाँकी करिब ६ किलोमिटर सर्भिस लेनको काम नोभेम्बरभित्र पूरा गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

एकैदिन सुन तोलामा ७ हजारले बढेर बन्यो नयाँ रेकर्ड, आज तोलाको कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन एकैदिन ७ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।...

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैय...

नेप्सेमा २१.७८ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.७८ अंकले घटेर २५४३.३७ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२१ कम्पनीको ८३ लाख २२ हजार ३३८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको...

नेशनल लाइफले पहिलो त्रैमासमा कमायो १४ करोड ८ लाख रुपैयाँ नाफा, बीमाकोष खर्ब नजिक

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा कमाएको १३ करोड ८३ लाख रुपैयाँको तुलनामा १.८१ प्रतिशतले ख...

२५.८१ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से  परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर खरिद बिक्री हुँदा रू ४ अर्ब ९८ करोडमाथिको सेयर कारोबार...

नेपाल राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज कुल २५ अर्ब बराबरको एकवर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३:०० बजेसम्म बोलकबोल प्...