शनिबार, १३ भदौ २०८३
नेपाली

सुरक्षा चुनौतीको सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : महानिरीक्षक खापुङ

Main News Image

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतीको डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्न संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

उनले हालको कठिन परिस्थितिमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प नभएको पनि बताए । ‘भाद्र २३ र २४ गते भएका अप्रिय घटनाहरु पश्चातको कठिन परिस्थितीमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पूरा गर्नुको विकल्प हामीसँग छैन,’ उनले थप भने, ‘यसर्थ, कुनै घटनाक्रमबाट हतोस्साहित नभई देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न तथा तमाम अभाव र कठिनाईका बाबजुद नेपाल प्रहरीको उपस्थिती सशक्त बनाउन संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशित गर्दछु ।’

प्रहरी ऐन २०१२ जारी भएसँगै नेपाल प्रहरीको विधिवत स्थापना भएको अवसरमा सगौरव मनाइदै आएको प्रहरी दिवसको ७० औँ संस्करण मनाइरहँदा उनले नेपाल प्रहरीका विर सहिदहरुप्रति श्रदान्जली अर्पण गरे । महानिरीक्षक खापुङ्गले जेनजी आन्दोलनको घटनाक्रम पश्चात उत्पन्न भएका परिस्थितीहरुमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरुको पुनः निर्माण कार्यमा जनसमुदायबाट प्राप्त भएको सहयोगको लागि समेत आभार व्यक्त गरे ।

 

mediabaaji add

सम्बन्धित खबर

आजदेखि सरकारी कार्यालय समय घट्दै !

मिडियाबाजी डटकम काठमाडौँ, कात्तिक १६। सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय १ घण्टा घट्ने भएको छ । 

आजबाट तिहार सुरु, यमपञ्चकको पहिलो दिन काग तिहार मनाईदै

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको आज काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास...

सुकुम्बासी वस्तीमा दुर्गा प्रसाईंले भने– तपाईंको घर भत्काउन आए बालेनको घर भत्काउन जानूस्

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन्द्र शाह बालेनलाई सुकुम्बासीको घर भत्काउन आए उनकै घर भत्काइदिने चेतावनी दिएका छन् । मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसा...

भैरमपुरमा बाह्र घर जलेर खरानी

काठमाडौँ ।  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीमा १२ ओटा घर जलेर खरानी भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तले दिएको जानकारी अनुसार आगलागीबाट घरभित्र रहेका जिन्सी स...

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका ७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरल...

प्रहरी दिवसमा सम्मानित हुँदा भावविह्वल शहिद प्रहरी परिवार (तस्विरहरु)

काठमाडौँ । आज नेपाल प्रहरीले ७० औँ प्रहरी दिवस मनाइरहेको छ । यस अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष समरोहको आयोजना समेत गरिएको छ । उक्त कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका...