कृष्णभीरमा यसरी भइरहेछ छ नयाँ बाटोको काम, भदौभित्रै खुलाउने तयारी
काठमाण्डौँ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले नदी किनारस्थित सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग १४ दिनदेखि अवरुद्ध छ । काठमाडौँ जोड्ने प्रमुख लाइफलाइन मानिने राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भदौ १४ मा त्रिशुलीले सडकको बेस नै कटान गरेपछि एक सय मिटर सडक भासिएको थियो ।
कृष्णभीरमा भासिएकै ठाउँभन्दा माथि नयाँ ट्रयाक खोल्ने र त्यसलाई सवारीको सहज आवतजावतका लागि तयार पार्ने काम यतिबेला धमाधम भइरहेको छ । पहाड काटेर २५० मिटर ट्रयाक दुवैतिर जोड्ने काम सकिइसकेको छ ।
ग्राभेल, रोलिङको काम आइतबारबाट सुरू गर्ने र ३–४ दिनमा भदौ मसान्तभित्रै सकेर यातायात सञ्चालनमा ल्याइने नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताइन् । ‘ग्राभल गर्न काटेकोजस्तो सजिलो हुँदैन । रोलिङ गरेर मिलाउनुपर्छ । लेयर–लेयरमा गर्नुपर्छ । एउटै लेयरमा गर्न सकिँदैन,’ उनले भनिन, ‘त्यसकारण ३–४ दिन लाग्न सक्छ । यो महिनाको अन्त्यबाट यातायात सञ्चालन गर्ने लक्ष्य छ ।’
एक्सप्रेस
सम्बन्धित खबर
हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति
काठमाण्डौँ । बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति भएको छ । साँझ तिर आएको वर्षात सँगैको हावाहुरी र चट्याङले यहाँका विभिन्न ठाउँमा क्षति पुयाएको हो । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका-२ माथिल्लो हुनीमा अविरल वर्षाको कारण पहिरो...
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, यस्तो रहनेछ आजको मौसम
काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली आकाशमा बादल रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ...
मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशमा आंशिक बदली, अन्य स्थानमा सफा रहने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौस...
उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु
काठमाण्डौँ । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा आगलागी हुँदा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको छ । आगलागीबाट लक्ष्मीनारायणको घरसहित रबिन कुमार दास र सकलदेवको घर जलेको छ र अस्मिता खड्का घाइते भएकी...
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका ए...
अरनिको राजमार्ग असार २२ देखि १५ दिन राति बन्द गरिने
काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन यही असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ । जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ देखि आउँदो साउन ४...



