बिहिबार, ०४ भदौ २०८३
नेपाली

यस्तो छ मेलम्ची खानेपानी आयोजनाको प्रगति विवरण

Main News Image

काठमाडौँ । खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले विज्ञप्तिमार्फत् आयोजनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार यही मङ्सिर ८ गतेको निर्णयानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा विषयगत मन्त्रालयका सहसचिव र बाढीपीडित सङ्घर्ष समितिका तर्फबाट तीन जना सदस्य रहने गरी बढीमा एक वर्ष कार्यकाल रहेको नौ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ । त्यसैगरी स्थानीय बाढीपीडित सङ्घर्ष समितिका तर्फबाट सहभागी हुने तीन प्रतिनिधि सिफारिस गरी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिइएको र समितिको संरचना, कार्यसर्त र कार्यविधि मन्त्रालयको ‘वेबसाइट’मा राखिएको  छ ।

विसं २०७८ मा गएको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति सम्बन्धमा नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने राहत तथा क्षतिपूर्ति र निजी आवास पुनर्निर्माणका लागि तत्कालीन समयमा स्थानीय प्रशासनवाट उपलब्ध भएको राहत तथा क्षतिपूर्ति प्रक्रियामा छुट भएको देखिएमा नदोहोरिने गरी समावेश गर्नेलगायत विषयका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाबाट वितरण हुने पानीको परिपूरण लेभी खानेपानी क्षेत्रमा नै नयाँ विषय भएको सम्बन्धमा विश्वव्यापी अभ्यास, सम्बन्धित सरोकारवाला निकाय एवं व्यक्ति समेतलाई राखी यही मङ्सिर ११ गतेको बैठकबाट निश्चित विधिसहितको आवश्यक कानुन निर्माण गर्ने प्रक्रिया अगाडि बढाउन एक कार्यदल गठन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

mediabaaji add

सम्बन्धित खबर

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपिय...

अमेरिकी डलरको भाउ १५२ रुपैयाँ नाघ्यो, अन्य मुद्रा कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ प...

फेरि बढ्यो अण्डाको भाउ !

चितवन । चिसो बढ्दै जाँदा अण्डाको खपत बढेको छ । त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको छ । जसका कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको किसानहरू बताउँछन् । योसँगै शनिबारदेखि लागू हुनेगरी नेपाल...

बजारमा ग्यास अभाव हुँदैन : निगम

काठमाडौँ । नेपालमा आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित भइसकेकाले अभाव नभएको जनाएको छ । भारतको बरौनी रिफाइन केन्द्र मर्मत गर्न एक हप्ता बन्द भई टाढा रहेको पारादीप रिफाइनरी केन्द्रबाट ग्यास आपूर्ति गर्दा समय लाग्ने हुँदा कम भई...

चितवन राष्ट्रिय निकुञ्जमा साउन यता १७ गैंडा मरे

काठमाडौँ ।  चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैंडासहित  ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती...

भारतबाट एलपी ग्यास आपूर्ति असहज हुँदा बजारमा अभाव

काठमाडौँ । पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसले गर्दा उपभोक्ताले अभाव समेत झेल्नु परेको छ । सबैभन्दा धेरै ग्यास आयात हुने इन्डियन आयल कर्पोरेसन आईओसीको बरौनी रिफाइनरी मर्मतका क्र...