कोरियामा एक महिनामा तीन नेपालीको मृत्यु
काठमाण्डौँ ।दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा मृत्यु भएको हो । त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका स्थायी घर भएका आशिष अधिकारीको भने मृत्युको कारण पुष्टि हुन बाँकी छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिका र इरानबीच पुनः वार्ताको तयारी
काठमाण्डौँ । अमेरिका र इरानबीचको तनाव कम गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा दोस्रो चरणको उच्चस्तरीय शान्ति वार्ता पुनः सुरु हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई दिनभित्रै पाकिस्तानमा वार्ता हुन सक्ने संकेत दिएपछि विश्व...
इरानसँगको युद्धविराम अवधि लम्बाउन ट्रम्प बाध्य
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमा युद्धविराम अवधि लम्ब्याउन बाध्य भएका छन् । मार्च ७ मा १४ दिनका लागि भएको युद्धविराम अवधि बुधबारदेखि समाप्त हुँदै थियो । युद्धविराम अवधि समाप्त हुन केही घन्टा बाँकी हुँदा ट्रम्पले यसको अवधि अनिश्च...
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन
काठमाडौँ । महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी एनसीपीका अध्यक्ष अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको चार्टर्ड विमान बिहान करिब ८ः...
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
काठमाण्डौँ । भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा आन्दोलनरत कक्रोच जनता पार्टी सिजेपीले शनिबार आन्दोलनलाई फिर्ता लिएको छ । सिजेपीले सरकारबाट अन्य मागहरू पनि समाधान गर्ने सरकारले आश्वासन दिएपछि जन्तर मन्तरमा ३७ दिन...
इरानद्वारा ४८ घण्टे युद्धविराम प्रस्ताव अस्वीकार
काठमाडौँ । इरानले अमेरिकाबाट आएको ४८ घण्टे युद्धविराम सीजफायर प्रस्ताव अस्वीकार गरेको छ । अर्धसरकारी फार्स समाचार एजेन्सीका अनुसार उक्त प्रस्ताव बुधबार तेस्रो देशमार्फत तेहरान पठाइएको थियो। तर इरानले त्यसलाई स्वीकार नगरेको जनाइएको छ । यसैबीच, इरान...
हर्मुजमा अमेरिकी नाकाबन्दीको असर : इरानले गुमायो झन्डै ५ अर्ब डलर आम्दानी
काठमाण्डौँ । सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज हर्मुज जलडमरूमध्यमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका कारण इरानले ठूलो आर्थिक क्षति बेहोरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हालैको रिपोर्टलाई उद्धृत गर्दै विभिन्न...



