कारभित्र लुकाइराखेको अवस्थामा दश किलो गाँजासहित तीन जना पक्राउ
काठमाडौँ । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९ ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान ४,३० बजे लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई समातेको हो ।
प्रहरीले युपी ३२ एफएफ ००५५ नम्बरको भारतीय कारलाई रोकेर सुरक्षाजाँच गर्दा लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको थियो ।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, मुजफ्फरनगर जिल्लास्थित सिखेडा गाउँका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मौ जुबेर र मुजफ्फरनगरकै अम्बा बिहारका ४४ वर्षीय साबीरा रहेका छन् । उनीहरूले भारतीय नम्बर प्लेटको कार प्रयोग गरी सीमा पार गराउने उद्देश्यले गाँजा ओसारपसार गरिरहेको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले गाँजा र कारसहित तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुर पुर्याएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
हजुरआमाको हत्या गरेर सुनका गहना लुट्ने नाती पक्राउ
कास्की । कास्कीमा २२ वर्षीय युवक हजुरआमाको हत्या आरोपमा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा सङ्लग्न रहेको अभियोगमा मृतकका नाति २...
सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो
रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले ज...
७ वर्षपछि दुर्घटना होइन, हत्या पुष्टि : श्रीमतीसहित ३ जना पक्राउ
काठमाण्डौँ । महोत्तरीको बर्दिबासमा ७ वर्षअघि ‘सवारी दुर्घटना’ भनिएको एक घटनाको वास्तविकता अहिले खुलेको छ । प्रहरी अनुसन्धानले सो घटना योजनाबद्ध हत्या भएको पुष्टि गर्दै मृतककी श्रीमतीसहित ३ जनालाई पक्राउ गरेको छ । २०७६...
विभिन्न घटनामा मानव बेचबिखनका ४ जनालाई पक्राउ, पीडितको उद्धार
काठमाडौँ । विभिन्न मितिमा भएका मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी घटनामा संलग्न चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध अलग–अलग घटनामा अनुसन्धान अघि बढाइएको छ भने पीडितहरूको उद्धारसमेत गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुरक...
पेस्तोलसहित ललितपुरबाट तीन जना पक्राउ
ललितपुर । पेस्तोलसहित ललितपुरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेका दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन...
ब्राउन सुगरसहित चार जना पक्राउ
रौतहट । रौतहट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगका अनुसार आ...



