शुक्रबार, २० कात्तिक २०८३
नेपाली

तिहार लक्षित सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

Main News Image

काठमाडौँ । नजिकिँदै गरेका तिहार, दीपावली, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, मादक पदार्थ सेवन, झैझगडा, आगलागी तथा पटका र आतसबाजीजन्य गतिविधि नियन्त्रण गर्न ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभि नारायण काफ्लेका अनुसार चाडपर्वलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन जिल्ला सुरक्षा समितिसँगको समन्वयमा आवश्यक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको हो । उनका अनुसार तिहारका समयमा देउसीभैलो, मेलापात तथा अन्य सांस्कृतिक गतिविधिका क्रममा हुन सक्ने जुवातास, मादक पदार्थ तथा लागुपदार्थ सेवन, होहल्ला र झैझगडालाई नियन्त्रण गर्न प्रहरीको विशेष निगरानी बढाइएको छ। सम्भावित जोखिम भएका क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटीभी, बडी वार्न क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरको प्रयोग गरिने प्रहरीले जनाएको छ। भिडभाड हुने मेला तथा सार्वजनिक स्थानमा ५० भन्दा बढी ड्रोनमार्फत निगरानी गरिनेछ। त्यस्तै, विभिन्न स्थानमा गस्ती, पेट्रोलिङ, चेक प्वाइन्ट, कमान्ड पोस्ट तथा आकस्मिक चेकजाँचको व्यवस्था मिलाइएको छ।

mediabaaji add

सम्बन्धित खबर

जेनजी आन्दोलन प्रतिवेदन: २३ गतेको गोलीकाण्डमा सुरक्षा संयन्त्र कठघरामा, २४ गतेको घटनामा आयोग मौनजस्तै

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरि बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन मुख्यतः भदौ २३ मा नयाँबानेश्वर क्षेत्रमा भएको झडप र गोलीकाण्डतिरै केन्द्रित देखिएको छ। आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई बुझाइएको प्...