आज गुरु पूर्णिमा र व्यास जयन्ती : गुरुप्रति सम्मान प्रकट गरी देशभर मनाइँदै
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै गुरु पूर्णिमा पर्व मनाइँदैछ । तन्त्रशास्त्र र धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ, अर्थात् ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तित्वलाई नै गुरु मानिन्छ ।
शास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत तुलना गरिएको छ । आमाबाबु जस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भन्ने वैदिक परम्परा रहिआएको छ । यसै पावन अवसरमा आज देशभरका विद्यालय, गुरुकुल, शिक्षालय तथा विभिन्न संघसंस्थाहरूले विशेष कार्यक्रमहरूको आयोजना गरी शिक्षा र दीक्षा दिने गुरुहरूका योगदानको स्मरण गर्दै श्रद्धाभाव व्यक्त गरिरहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
पशुपतिनाथमा धनुर्मास पूजा
काठमाडौँ । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा बिहीबार रातभर धनुर्मास पूजा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।...
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै
जनकपुर । मिथिलाञ्चल सहित तराई–मधेशमा आज अन्नकुट पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाइटिकाको एक दिन पहिला मनाइने अन्नकुट पर्वका लागि जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै तयारीमा जुटेका छन् । यस पर्वमा न्यूनतम ५६ व्यञ्जन बनाएर भगवानलाई चढाउने गरि...
जेनजी आन्दोलनका घाइतेलाई भैपरी खर्चवापत् २० हजार सहयोग, ४८ लाख रुपैयाँ निकासा
काठमाडौँ । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् रु ४८ लाख ५८ हजार निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत् प्रत्येक...



