अन्तर्राष्ट्रिय आरोग्य दिवस आज, टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न
काठमाडौँ । आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालकै पहलमा संयुक्त राष्ट्रसंघले यो दिवस घोषणा गरेपछि पहिलो पटक औपचारिक रूपमा मनाउन लागिएको हो । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो ।
नेपालले प्रस्तुत गरेको प्रस्ताव महासभाबाट गत फागुन २६ मा अनुमोदन भएको थियो। दिवसले सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यासतर्फ सबैलाई प्रेरित गर्ने लक्ष्य राखेको छ । उपचारभन्दा निवारणमा जोड दिने, स्वस्थ जीवनशैली अपनाउने र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा योगदान पुग्ने विश्वास गरिएको छ ।
संयुक्त राष्ट्रसंघले आदिवासी तथा स्थानीय समुदायका परम्परागत ज्ञान र संस्कृतिको महत्त्व स्वीकार गर्दै प्रमाणमा आधारित परम्परागत उपचार पद्धतिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन सहयोग पुग्ने उल्लेख गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपालमा वायु प्रदूषणले सीमा नाघ्यो !
काठमाडौँ । नेपालमा वायु प्रदूषण फेरि उच्च बनेको छ । काठमाडौँलगायत देशका विभिन्न भेगमा सुक्खा, खडेरी र डढेलो बढेसँगै वायु प्रदूषण उच्च बनेको हो । मङ्गलबार बिहान मात्र काठमाडौँमा बाहिर निस्केर सास फेर्न नमिल्ने गरी वायुको गुणस्तर अस्वस्थकर रेकर्ड भए...
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा...
वरिष्ठ सौन्दर्यविद् महराद्वारा स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन
काठमाडौँ । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।
वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी...
सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग
काठमाडौँ । नेपाल नर्सिङ संघले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। संघले आज विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न पुनःनिर्देशन दिए पनि अस्पतालहरूले बेवास्ता गरेको भन...



