आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै
काठमाडौँ । विश्वका विभिन्न मुलुकमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसङ्घले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा सङ्कल्प प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।
राष्ट्रसङ्घका अनुसार आज पनि विश्वभर पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा छन् । यी मध्ये अधिकांश महिला र बालबालिका बलपूर्वक श्रम गर्न बाध्य पारिएका छन् । जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार तथा असमानतामा आधारित व्यवहारका कारण केही समुदायहरू अझै पनि शोषणको गम्भीर जोखिममा छन् । प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पाइन्छ ।
अन्तरराष्ट्रिय श्रम सङ्गठनले दासत्व र आधुनिक शोषण अन्त्य गर्न सरकार, नागरिक समाज तथा समुदायबीच सहकार्य आवश्यक रहेको भन्दै पीडितको उद्धार, पुनःस्थापना, न्याय र दीर्घकालीन सुरक्षामा जोड दिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
गोरखा माइक्रो दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो
गोरखा । गोरखामा माइक्रो दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो । गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो...
चुनावी यात्रामा बेहोस भएका बालेनको टोलीका सदस्य दिनेश सिटौलाको अवस्था चिन्ताजनक
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनसँगै चुनाव प्रचारमा खटिँदा ‘ब्रेन हेमरेज’ भएर उपचार गराइरहेका दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । दुई द...
विपिनको मृत्यु पुष्टि भएपछि खाली हात स्वदेश फर्किए आमा र बहिनी
काठमाण्डौँ । हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको निधन पुष्टि भएपछि उनलाई खोज्दै अमेरिका पुगेका उनकी आमा र बहिनी आज बिहान स्वदेश फर्किएका छन् । विपिनको सकुशल उद्धारको आशामा अमेरिका गएका परिवारका सदस्यहरू उनलाई जिवितै फर्काउने अपेक्षा राखे...
पशुपति आएका साधुहरूले फर्किने बेला २१ थरी उपहार पाउने, राष्ट्रपतिले गरे संकल्प
काठमाडौँ । रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई प्रदान गरिने सामग्रीको औपचारिक संकल्प गरेका छन् । हरेक वर्ष फाल्गुन कृष्ण त्रयोदशीमा मनाइने महाशिवरात्रि अघि एकादशीको बिहान राष्ट्राध्यक्षबाट साध...
कार्यवाहक राजदूतले भने-नेपाली मूलका व्यक्तिहरुलाई नेपालले पहिचान दिनुपर्छ
न्यूयोर्क । अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखेका छन् । अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल शहरमा एसोसिएसन अफ नेपाली ओ...
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
काठमाडौँ । यही मंसिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...



