मङ्गलबार, २७ असोज २०८३
नेपाली

समानुपातिक सूची बुझाउने आज अन्तिम दिन, भोलिदेखि छानबिन शुरु

Main News Image

काठमाडौँ ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया निकै उत्साहका साथ अघि बढिरहेको छ । यसैक्रममा निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० जना उम्मेदवारको बन्दसूची बुझाउने आज सोमबार, पुस १४ गते अन्तिम दिन हो ।

आयोगले हिजो पुस १३ र आज १४ गतेका लागि यो समय सीमा निर्धारण गरेको थियो। आइतबार नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० सहित तीन साना दलले मात्र आफ्नो सूची बुझाएका थिए भने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका प्रमुख दलहरू आज साँझसम्म सूची बुझाउने गरी आन्तरिक गृहकार्य र छलफलमा व्यस्त छन् । 

दलहरूले बुझाउने यो सूचीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम लगायतका क्लस्टरहरूको अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने कानुनी व्यवस्था छ । आज कार्यालय समयभित्र दर्ता भएका यी बन्दसूचीमाथि आयोगले पुस १५ गतेदेखि २० गतेसम्म विस्तृत छानबिन गर्नेछ। यदि कुनै दलको सूचीमा कानुनी प्रक्रिया वा क्लस्टर नमिलेको पाइएमा पुस २१ देखि २७ गतेसम्म सच्याउने मौका दिइनेछ। आयोगले माघ ४ गते बन्दसूचीको प्रारम्भिक प्रकाशन गर्नेछ भने माघ २० गते उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ। 

प्रतिनिधि सभाका २७५ सदस्यमध्ये ११० जना यही समानुपातिक सूचीका आधारमा देशभरबाट प्राप्त कुल सदर मतको अनुपातमा निर्वाचित हुनेछन्।

mediabaaji add

सम्बन्धित खबर

बालेनको राजीनामापछि एक वर्षका लागि काठमाडौंका मेयर रविका दाजु हरिशरण लामिछाने !

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सात बुँदे सहमति भएसँगै अब काठमाडौं महानगरपालिकाको मेयर पद रिक्त हुने देखिएको छ । सहमति अनुसार बालेन प्रधानमन्त्री बन्नका लागि प्रतिनिधि सभाको निर्वाच...

कुलमानको उपस्थितिमा आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै

काठमाडौँ । कुलमान घिसिङको उपस्थितिमा उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ । घोषणा सभा दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौँको प्रज्ञा भवनमा हुनेछ । कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ हुन...

काँग्रेस महाधिवेशन धादिङ संयोजक थापाको राजनैतिक पृष्ठभूमि!

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले धादिङमा संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ। महाधिवेशनको तयारी तथा आवश्यक परिचालनका लागि देउवा समूहअन्तर्गत नेपाली कांग्रेस धादिङ प्रतिनिधिसभा क्षेत्...

सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौँ । सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंसिर २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री...

मतदान सहज बनाउन आयोगद्वारा ८८५ मतदान केन्द्र थप

काठमाडौँ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मतदान केन्द्र निर्धारण गरिएको छ । शनिबार निर्वाचन आयोगले मतदान स्थल र केन्द्र निर्धारण गरेको हो । देशभर १० हजार ९६७ मतदान स्थल निर्धारण गरिएको छ । ती स्थलमा कुल २३ हजार ११२ मत...

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर उपलब्ध गराएको भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले छुट्टै मोबाइल फोन र सिम...