आज बिस्का जात्राको दोस्रो दिन : भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै
काठमाडौँ । बिस्का जात्राको दोस्रो दिन आज भक्तपुरमा धुमधामका साथ मनाइँदै छ । आज दोस्रो दिन भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै छ । लिच्छविकालदेखि सुरु भएको यो जात्रामा आज स्थानीय बासिन्दाहरूले तौमढीस्थित भैरवनाथ र भद्रकालीको रथमा पूजाआजा गर्नुका साथै दर्शन गर्दछन् ।
अघिल्लो रात तानिएको रथलाई आज गःहिटीमा राखिने छ । जात्रालाई व्यवस्थित बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने स्वयंसेवकहरू समेत परिचालन गरिएको छ। आठ दिन नौं रातसम्म चल्ने यो जात्रा धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
बिस्का जात्रा भक्तपुरको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ, जसले नयाँ वर्षको स्वागतसँगै परम्परा, संस्कृति र सामुदायिक एकताको सन्देश दिने गर्दछ ।
एक्सप्रेस
सम्बन्धित खबर
दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो
काठमाडौँ । रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ । सडक विभागका महानिर्देशक डा। विजय जैसीकाअनुसार बाढीको फ्लोका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि पुल बाङ्गिएको हो । करिव ६ सय टन वजन क्षमता रहेको पुल उचालिएर...
निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन
काठमाडौँ । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ ।
बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७...
यस याममा ३०० विदेशी पर्यटकद्वारा कञ्चनजंघा हिमाल क्षेत्र भ्रमण
ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल पिक आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नर्पूण फुटहिल्स ट्रेक्स एण्ड एक...
त्रिविको ५१ औं दीक्षान्त समारोह आज
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए । समा...
भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा
काठमाण्डौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले यही भदौ १० गते भोटेकोशी मा आएको बाढीपश्चात ती नदीमा पानीको बहाव तल रह...
तिहारको पाँचौ दिन : आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै
काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको...



