आइतबार, २२ कात्तिक २०८३
नेपाली

यमपञ्चकको दोस्रो दिन आज : कुकुर तिहार र नरक चतुर्दशीसँगै साँझ लक्ष्मीपूजा गरिँदै

Main News Image

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक चतुर्दशी स्नान गरिँदै छ भने साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै छ । आजको दिन बिहान सबेरै नरक चतुर्दशीको स्नान गरी कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा खानेकुरा दिई पूजा गरिन्छ भने सन्ध्याकालमा घरआँगन झिलीमिली बनाएर धनधान्यकी देवी लक्ष्मीको स्वागत तथा आराधना गरिन्छ ।

आजका दिन सबै नेपालीका घरआँगनमा कुकुरलाई टीका तथा माला पहिर्‍याएर मीठा खानेकुरा दिई सम्मानपूर्वक पूजा गरिन्छ। आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने शास्त्रीय मान्यता छ ।

धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत र यमलोकको द्वारपालका रूपमा लिइन्छ। आजको दिन कुकुरलाई सम्मान गर्नाले मृत्युपर्यन्त यमद्वारबाट मार्गप्रशस्त हुने पौराणिक विश्वास छ । द्वापर युगको अन्त्यमा पाण्डवहरू स्वर्ग जाने क्रममा चार भाइ र द्रौपदीको देहावसान भएपछि धर्मराज युधिष्ठिरलाई कुकुरले नै स्वर्गको ढोकासम्म पुर्‍याएको शास्त्रमा उल्लेख छ। ऋग्वेदमा पनि कुकुरहरूको आमा ‘समरा’ ले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु भेटाउन सहयोग गरेको प्रसङ्ग छ ।


mediabaaji add

सम्बन्धित खबर

निर्वाचनका दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने भएको छ । मंगलबार एक सूचना जारी गर्दै देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले...

ट्रक र बस आपसमा ठोक्किँदा १४ घाइते

काठमाडौँ । मकवानपुरमा चामल लोड गरिएको बिहीबार ट्रक र यात्रु बाहक बस आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका-९ रजैया स्थित पूर्व पश्चिम सडक खण्डबाट हेटौंडातर्फ जाँदै गरेको बाप्र ०६००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरी...

यमपञ्चक सुरु, आज काग तिहार

काठमाडौँ । हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ ।  कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा क...

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

काठमाण्डौँ । विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रति...

बिहेको भोज कटौती गरी गाउँमा बत्ती

काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक नवदम्पतीले आफ्नो विवाहको भोजभतेरमा हुने खर्च जोगाएर गाउँमा सडकबत्ती जडान गरिदिएका छन्। हालै बैवाहिक जीवनमा बाँधिएका प्रकाश खत्री र राधिका धिताल खत्रीले आफ्नै निजी लगानीमा टोलभरि बत्ती जडान गर...

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ । चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन प्राप्त भएको छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले माग गरिएको उक्त मेसिन सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा आयोजित...