मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

आज दशैं टीकाको तेस्रो दिन : मान्यजनको हातबाट टीका-जमरा थाप्ने क्रम जारी

Main News Image

काठमाडौँ । विजयादशमीका दिनदेखि सुरु भएको दशैँको टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज द्वादशीका दिन पनि जारी रहेको छ। रातो टीका र पहेँलो जमरा सिउरिएर मान्यजनबाट शुभ आशीर्वाद लिन नेपालीहरू टाढ-टाढासम्म यात्रा गरिरहेका छन् । बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने विशेष परम्परा रहे पनि टाढा डाढा रहेका माइती, मावली तथा आफन्तकहाँ एकै दिन पुग्न सम्भव हुँदैन। त्यसैले विजयादशमीपछिका दिनहरूमा पनि टीका लगाउने चलन रहँदै आएको छ ।

दशैँको टीका लगाउने यो क्रम विजयादशमीदेखि सुरु भई कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्छ। विजयादशमीका दिन टीका थाप्न नभ्याएका चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू यतिबेला मान्यजनकोमा पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गरिरहेका छन्।


mediabaaji add

सम्बन्धित खबर

तिब्बतको जिरोङमा भारी वर्षाको प्रक्षेपण, सतर्कता अपनाउन अपिल

काठमाडौँ । चीनको दक्षिण पश्चिम सिजाङ स्वायत्त क्षेत्र तिब्बत स्थित केरुङ ग्याइरोङ काउन्टीमा आगामी दिनहरूमा, विशेष गरी रातिको समयमा थप वर्षा हुने सम्भावना रहेको चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । मौसम पूर्वानुमान अनुसार आइतबारदेखि सो...