बुधबार, २१ असोज २०८३
नेपाली

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

Main News Image

काठमाडौँ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक संघसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसंघीय बाल कोष युनिसेफको अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ ।

यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ । युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ । यसै अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकाका आवाजलाई सम्बोधन गर्न सबैलाई आग्रह गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

हेटौंडा सडक विस्तार योजना कार्यान्वयनतर्फ, स्थानीय तह र केन्द्रबीच सहमति

हेटौंडा । लामो समयदेखि अधुरो र अलपत्र अवस्थामा रहेको हेटौंडा बजार क्षेत्रको सडक विस्तार प्रक्रिया फेरि एकपटक तीव्र गतिमा अघि बढ्ने संकेत देखिएको छ। हेटौंडाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँगको विस्तृत...

सहिदको तस्बिरमा मल्यार्पण गरेर जेनजीको माइतीघरमा सामूहिक भाइटीका

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेनजी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ । उनीहरूले दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व,...

काठमाडौंका नदी तटीय क्षेत्रमा बाढीको जोखिम : करिडोरका सडक प्रयोग नगर्न आग्रह

काठमाडौँ । लगातारको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका मुख्य नदीहरूमा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले नदी तटीय क्षेत्र तथा करिडोरहरूमा निगरानी बढाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प...

यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता

रामेछाप । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सातजनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेक...

यस याममा ३०० विदेशी पर्यटकद्वारा कञ्चनजंघा हिमाल क्षेत्र भ्रमण

ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल पिक आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नर्पूण फुटहिल्स ट्रेक्स एण्ड एक...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक

काठमाडौँ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक आईजीपी र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ । आयोगको आज बिहीबार ब...