आज विश्व खाद्य दिवस, प्रविधिमार्फत खाद्य सुरक्षा सुनिश्चित गर्न जोड
३० असोज, काठमाडौँ । विश्वभर आज विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाइंदैछ । हरेक वर्ष अक्टोबर १६ मा मनाइने यस दिवसले भोकमरी र कुपोषण अन्त्य गर्दै सबैका लागि पर्याप्त, सुरक्षित र पौष्टिक खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएको छ ।
सन् २०२६ को विश्व खाद्य दिवसको नारा ‘आजको नवीनताः भोलिको पोषण’ रहेको छ । यस वर्षको नाराले कृषि तथा खाद्य प्रणालीमा प्रविधि, तथ्याङ्क र नवप्रवर्तनको प्रयोग बढाएर भावी पुस्ताका लागि खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ ।
बढ्दो जनसङ्ख्या, जलवायु परिवर्तन, प्राकृतिक विपद् तथा खाद्य उत्पादन र वितरणमा देखिएका चुनौतीबीच नवीन प्रविधिको प्रयोगलाई खाद्य प्रणाली सुधारको महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ । कृषि उत्पादन वृद्धि, खाद्यान्नको उचित भण्डारण, वितरण प्रणालीमा सुधार र पौष्टिक आहारको पहुँच विस्तारमा प्रविधिको उपयोग आवश्यक रहेको दिवसको सन्देश छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन एफएओको स्थापना भएको दिनको सम्झनामा विश्व खाद्य दिवस मनाउन थालिएको हो । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको एफएओको उद्देश्य भोकमरी न्यूनीकरण, पोषण सुधार र खाद्य सुरक्षाका क्षेत्रमा विश्वव्यापी सहकार्यलाई प्रवर्द्धन गर्नु हो ।
एक्सप्रेस
सम्बन्धित खबर
विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै
काठमाडौँ । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर...
दशरथ चन्द विश्वविद्यालयमा दुई पटकसम्म विज्ञापन गर्दा भेटिएनन् उपकुलपति
काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन । उपकुलपति पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले पहिलोपटक गत कात्तिक १६ गतेदेखि यही कात्तिक ३० गतेसम्म समय...
काठमाडौँ महानगरमा वैशाख १५ देखि शैक्षिक सत्र ०८३ शुरू हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधि वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयलाई उ...
तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
काठमाडौँ । हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज...
यस्तो छ आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम
काठमाडौँ । काठमाडौं उपत्यका चिसो बढ्दै गइरहेको छ । तर, आज बिहान हिजोको तुलनामा थोरै तापक्रम बढी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्...
त्रिशूली नदीमा दुई मजदुर बेपत्ता, खोजी गर्दै सशस्त्रको गोताखोर
काठमाडौं । सुपर त्रिशूली हाइड्रोपावरमा काम गर्ने दुई जना कामदार त्रिशूली नदीमा बेपत्ता भएका छन् । शनिबार दिउँसो चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा बर्दिय...



