आजबाट तिहार सुरु, यमपञ्चकको पहिलो दिन काग तिहार मनाईदै
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको आज काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए ।
“सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो”–उनले भने । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी धनतेरस पर्व भने शनिबार नै मनाइएको हो । यमदीप दान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । आजै धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ।
भाइटीकाको उत्तम साइत कात्तिक ६ गते ११,३९ बजे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ६ गते बिहीबार बिहान ११, ३९ बजे भाइटीकाको साइत उत्तम रहेको जनाएको छ । कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२,५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ।
समिति अध्यक्ष ढकालले औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ। कात्तिक ४ गते दिउँसो ०४स् २९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ। शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
महत्वपूर्ण भवन जोगाउन नसकेका सेनाका कमाण्डर अनुसन्धानका लागि हेडक्वार्टरमा
ओरालो लागेकाहरुको एकतामा निकास छैन : घनश्याम भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ओरालो लागेकाहरूको एकताले निकास दिन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्...
कर्णालीका जिल्लामा हिमपात
काठमाण्डौँ । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा पनि यस हिउँदमा पहिलोपटक हिमपात भएको छ । गएरातिदेखि कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा हिमपात भएको हो। हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन भने कष्टक...
गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड आगजनी गरेका थिए...
महावीर पुनलाई कुलमान नेतृत्व पार्टीको समर्थन
काठमाडौँ । वैज्ञानिक महावीर पुन स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन गर्दै म्याग्दीबाट प्रतिनिधि सभाको निर्वाचनमा भाग लिए पनि उनलाई राजनीतिक पार्टीको समर्थन पाएको छ । उनलाई उज्यालो नेपाल पार्टीले समर्थन गर्ने भएको छ ।
उज्यालो नेपाल पार्टीका मह...
पेट्रोलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २ घटाएको हो। डिजेल, मट्टितेलको मूल्य भने यथावत रहेको छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट...



