सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै
काठमाडौँ । सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ । चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो । यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषकतत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ ।
समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षाघातका लक्षण हुन् । उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, सेती अस्पतालको आईसीयूमा सारियो
धनगढी । धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ ।
उनका स्वास्थ्य सहयोगी डा अमृत जैसीका अनुसार डा केसीको रगतमा सुग...
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षणविना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिस्ट्रार डा सतिसकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने...
रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले
रौतहट । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताएका छन् । एक साताको अन्तरालमा १४ वटा बङ्गुर मरेका कि...
निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता
काठमाडौँ । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निपाह सङ्क्रमण नेपालमा भित्रिन नदिन...
घरघरमा मोही अभियान सुरुः स्वास्थ्य र स्वदेशी उत्पादन प्रवद्र्धनमा डेरी एसोसिएसनको पहल
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले “मोहीको विश्वास, स्वास्थ्यको विकास, घरघरमा फैलाऔँ अभियान” नारासहित देशव्यापी अभियान सुरु गर्ने भएको छ । नेपाली मौलिक परम्परा र स्वास्थ्यसँग जोडिएको मोहीको प्रयोगलाई व्यापक बनाउने उद्देश्यले यो अभियान अघि बढाइएको हो...
मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह
काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ। पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूष...



