आज शेयर बजार सामान्य अंकले घट्यो, १६ अर्ब ३५ करोड माथिको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३५ करोड ५७ लाखको सेयर कारोबार भएको छ । आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज हिमालयन पावर पार्टनरको सर्वाधिक ६५ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ५६ करोड १६ लाख रुपैयाँ र तेस्रोमा मञ्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुने, कतिले पाउँछन् शेयर ?
काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड आईपीओ बुधबार बिहान बाँडफाँड गर्ने गरी तयारी भइरहेको जनाएको हो । यसअवधिमा धेरै लामो सार्वजनिक बिदा परेक...



